Prabhu Bank

पुछारमा रहेको बर्नलीमाथि युनाइटेडको कठिन जित

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०८०-०६-०७
  • |
  • 376 पटक हेरिएको

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि कठिन जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले बर्नलीमाथि एक शुन्यको चुनौतीपुर्ण जित निकाल्यो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसको एकमात्र गोल निर्णायक बन्यो । 

लिगको पुछारमा रहेको बर्नलीविरुद्ध युनाइटेडले उसकै मैदानमा गोल गर्नका लागि पहिलो हाफको अन्तिमसम्म कुर्नुपर्यो । ४५ औं मिनेटमा यनुाइटेडले गोलको खडेरी तोडेको थियो । उसका लागि फर्नान्डेसले गोल गरेका थिए । 

त्यसपछि दुबै टिमबाट कुनै गोल हुन सकेन र युनाइटेडका लागि तीन अंक जोड्न फर्नान्डेसकै गोल निर्णायक बन्यो । यो जितले युनाइटेडले ६ खेलमा नौं अंक बनाउँदै आठौं स्थानमा छ । बर्नली भने पाँच खेलमा चौथो हार ब्यहोर्न बाध्य भयो । उसका पाँच खेलमा मात्र एक अंक छ ।