Prabhu Bank

इराक र जापान एएफसी एशिया कपको अन्तिम १६ मा 

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०८०-१०-१०
  • |
  • 400 पटक हेरिएको

एएफसी एशिया कप फुटबलमा समूह डीबाट इराक र जापानले अन्तिम १६ मा स्थान बनाएका छन् । समूह चरणका अन्तिम खेलमा इराकले भियतनामलाई र जापानले इन्डोनेशियालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

कतारमा जारी प्रतियोगिता अन्तर्गत वुधबार भएको खेलमा इराकले भियतनामलाई ३–२ गोल अन्तरको पुनरामगन जित निकाल्दै शीर्ष  स्थानमा रहेर अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भयो ।

१ गोलले पछि परेको इराकले नतिजा उल्टाएको थियो ।

४२ औं मिनेटमा भिट वुइ ह्वाङले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा भिएन खाङ रातो कार्ड पाउँदै मैदान छाड्दा (दोहोरो पहेँलो कार्ड) भियतनाम १० खेलाडीमा समेटिएको थियो । 

४७ औं मिनेटमा इराका लागि रेविन सुलाकाले बराबरी गोल गरेका थिए । ७३ औं मिनेटमा आयमिन हुसेनले गोल गर्दै इराकलाई २–१ ले अघि बढाएका थिए । ८३ औं मिनेटमा पाएको पेनाल्टी  आयमिन हुसेनले गोलमा परिणत गर्न असफल भए ।

क्वाङ हेइले गोल गरेपछि भियतनामले बराबरी गरेको थियो ।

तर, दोस्रो हाफको थप गरिएको १२ औं मिनेटमा इराकले पेनाल्टी पाएको थियो । भियतनामका खेलाडीले इराकका युसुफ यमिनलाई फल गरेपछि पाएको पेनाल्टीमा आयमिन हुसेनले गोल गर्दै अन्ततः ३–२ को जित दिलाए । 

यस्तै, समूह चरणको अर्को खेलमा जापानले इन्डोनेशियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । छैटौं मिनेटमा जापानलाई आयासे वेडाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दा जापानले अग्रता दोब्बर बनाएको थियो ।

८८ औं मिनेटमा इन्डोनेशियाका जस्टिन हुनबनेरले आफ्नै पोस्टमा गोल गरेपछि जापान ३–० ले अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा भियतनामका स्यान्डी वाल्सले गोल गरेर अन्तर ३–१ मा झारे पनि हार भने टरेन ।