Prabhu Bank

विश्वकप खेल्ने खेलाडीलाई सरकारले घर दिनुपर्छ : उपाध्यक्ष सिंह

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०८०-११-२४
  • |
  • 1897 पटक हेरिएको

काठमाडौं ।नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहले टी २० विश्वकप क्रिकेटमा छनोट भएका खेलाडीहरुलाई सरकारले विशेष व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् ।

हङकङ जान लागेको नेपाली क्रिकेट टोलीलाई विदाई गर्दै उपाध्यक्ष सिंहले कम्तिमा सरकारले प्रत्येक खेलाडीलाई एक एक फ्लयाटको व्यवस्था गर्न सके अन्य खेलाडीलाई पनि थप प्रोत्साहन हुने बताए ।

विश्वकपको तयारीका लागि हङकङ सिरिज महत्वपूर्ण रहेको भन्दै शुभकामना पनि दिएका थिए ।

साथै विश्वकप क्रिकेटको तयारीका लागि सरकारले ५ करोड रुपैयाँ निकासा गरेकोमा सरकारलाई धन्यवाद पनि ज्ञापन गरे ।