Prabhu Bank

टी-२० विश्वकप क्रिकेटका लागि नेपालको जर्सी सार्वजनिक 

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०८०-१२-२६
  • |
  • 525 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली क्रिकेट खेलाडीले लगाउने जर्सी सार्वजनिक गरेको छ ।

यसअघिकै जर्सीमा परिमार्जन गरेर बनाइएको जर्सीलाई युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले सार्वजनिक गरेका हुन् । उनीहरुले विश्वकप क्रिकेटमा नेपालका कप्तान रोहित पौडेलले लगाउने केल्मीले बनाएको र आदर्श पोखरेलले डिजाइन गरेको जर्सी सार्वजनिक गरेका थिए । यसअघिको जर्सी पनि पोखरेलले डिजाइन गरेका थिए ।

यसपटक पनि पोखरेलले नै यो जर्सीमा आइसीसीको विश्वकपको मापदण्ड अनुसार परिमार्जन गरेका हुन् । जर्सीमा यस अघिको जस्तै झण्डाको रंग प्रयोग हुनुका साथै पहेँलो रङ थप गरिएको छ । 
जर्सी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री श्रेष्ठले खेल क्षेत्रको बिकासका लागि सरकारले पछिल्लो समय निरन्तर काम गरिरहेको बताउँदै  à¤–ेलकुदमा निजि क्षेत्रलाई पनि आवद्धता गर्न छलफल सुरु भइसकेको जानकारी दिए । 

राखेप सदस्यसचिव घिसिङले विश्वकपका लागि तयारी गर्न बजेटको कुनै कमि हुन नदिने प्रतिवद्धता जनाएका थिए । टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो ।  à¤µà¤¿à¤¶à¥à¤µà¤•à¤ªà¤®à¤¾ नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन् । नेपाल रहेको समूह डीमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन् ।