Prabhu Bank

चेस टोली रुस जाने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०८१-०१-०७
  • |
  • 421 पटक हेरिएको

एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय टोली शनिबार रुस जाने भएको छ।

अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम चौलागाईं, सुश्रुत दाहाल, गोविन्दमान श्रेष्ठ, इन्द्रकुमार बस्नेत र सागर श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

गत पुसमा भएको छैटौं तुल्सीलाल अमात्य स्मृति राष्ट्रिय क्लब टिम चेस प्रतियोगिताबाट खेलाडी छनोट गरिएको उक्त प्रतियोगिताका संयोजक राजु ताम्राकारले जनाएका छन्।

उक्त प्रतियोगितामा यि पाँच खेलाडीको टिम पहिलो भएका थियो। अफिसियलमा सजल कार्की छन्। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।